काठमाडौं । कोरोना भाइरस (कोभिड १९०) कारण झण्डै तीन महिनादेखि प्रशिक्षण विहिन बनेको राष्ट्रिय क्रिकेट टोलीलाई प्रशिक्षण अनुमती दिन सरकारसँग नेपाल क्रिकेट संघ (क्यान) ले माग गर्ने भएको छ ।
बोर्ड बैठकले राष्ट्रिय क्रिकेट टोलीलाई प्रशिक्षण अनुमती दिन माग गर्नेदेखि केन्द्रिय सम्झौताको सुचिमा रहेका खेलाडीको पारिश्रमिक बढाउन अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसीं) लाई सिफारिस गर्ने लगायतका थुप्रै निर्णय गरेको छ ।असार १५ सम्म सरकारको निर्णय पर्खने र केही निर्णय न आए कोरोना नफैलिने गरि प्रशिक्षणको लागि माग गर्ने अध्यक्ष चतुरबहादुर चन्दले बताउनु भयो ।
क्यानले सबै जिल्लाका क्लबलाई व्यवस्थापन गर्न र सम्झौता नयाँ गर्न निर्णय दिने भएको छ । खेलाडी दर्ता क्यान, प्रदेश वा जिल्ला कस्ले गर्ने भन्ने अन्यौल रहँदै आएको छ । अव क्यानले जिल्लालाई दर्ता गर्न निर्देशन दिने निर्णय गरेको छ ।क्यानले लकडाउन खुलेपछि नियुक्त दिने गरि सबै प्रदेशलाई १—१ जना प्रशिक्षक खटाउने निर्णय गरेको छ ।
खेलाडीको नयाँ सम्झौतामा समितीले निर्णय गरेर ल्याउने र त्यसपछि छलफल गर्ने निर्णय गरेको छ । २०१९ मा केन्द्रिय खेलाडी सम्झौतामा रहेका खेलाडीको पारिश्रमिक बढाएर पठाउन क्यानले आइसिसीसँग माग गर्ने भएको छ । त्यस्तै क्यानले अर्को बैठकमा साधरण सभा कहिले राख्ने भन्ने निर्णय गर्ने भएको छ । सरकारले अनुमति दिए साउन मसान्तसम्म साधारण सभा गर्ने छलफल गरेको छ ।
प्रतिक्रिया