मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको एक वडा कार्यालय तोडेफोड गरेर चोरले सेनिटाइजर, सावुन र माक्स लगेको छ । जिल्लाको महाराजगंज नगरपालिका वडा नम्बर नं. ७ कुशहवाको वडा कार्यालयमा शुक्रवार राति चोरी भएको हो ।
चोरहरु झ्याल तोडेर कार्यालय भित्र रहेको एक महिना देखि संकलन भएको राजस्व वडा कार्यालयमै राखिएको सेनिटाइजर १ सय थान, साबुन १२० थान, मास्क १ सय चोरले लगेको वडा सचिव राकेश चौवेले बताउनुभयो ।
यस्तै वडाको दराज तोडफोड र कागजात समेत च्यातिएको वडा अध्यक्ष मोहम्मद अब्दुल समाद मुसलमानले बताउनुभयो । कार्यालयको दराजमा राखिएको मालपोत दस्तुर र राजस्वबाट संकलन भएको ३५ हजार चोरी भएको वडाध्यक्ष मुसलमानले बताउनु भयो ।
प्रहरी चौकी बढनीका प्रहरी सहायक निरिक्षक विनय श्रीवास्तवले घटनाको अनुसन्धान र चोरी गर्ने गिरोहको खोजीकार्य जारी राखेको बताउनुभयो ।
तस्बीर फाइल
प्रतिक्रिया