गुल्मी ।
कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित गुल्मीको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेल निको भएका छन् । जेठ १२ गते कोरोना पुष्टि भएपछि आइसोलेशनमा बसेका पोखरेलको जेठ १८ गते पुनः स्वाब संकलन गर्दा नजिता नेगेटिभ आएको हो ।
उनको पहिलोपटक जेठ ८ गते पीसीआर प्रविधिबाट स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी पशुपति आचार्यले बताउनु भयो ।
उच्च आत्मबल राखेमा कोरोनालाई जित्न सकिने उनले विज्ञप्तिमार्फत् जानकारी दिएका थिए । ३७ वर्षीय अध्यक्ष पोखरेल सेल्फ आइसोलेशनमा बसेको र चिकित्सकको नियमित सल्लाह लिएका थिए । अध्यक्ष पोखरेलसहित १ सय ५५ जनाको स्वाब संकलन गरेकामा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
यसअघि गुल्मीकै मदाने, पुर्कोट दहका बैंक कर्मचारी पनि कोरोना जितेर घर फर्किसकेका छन् । गुल्मीको तम्घासस्थित आइसोलेशनमा दुई जना छन् । यसअघि एक जनाको भने मृत्यु भएको थियो ।
प्रतिक्रिया