मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तु कारागारका एक कैदीको शनिवार बिहान मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्धामा सजाय काटी रहेका यशोधरा गाउँपालिका – ७ इट्टवाका ५३ बर्षीय राम अधिन कहारको मृत्यु भएको हो ।
बिहान १० बजे खाना आएर सुतेपछि अचेत बनेका उनलाई उपचारका लागि कपिलवस्तु अस्पताल लगिएको थियो । डाक्टरहरुले कहारलाई मृत घोषणा गरेको जेलर राकेश कुमार पाण्डेयले बताए ।
२०७६ साउन २ गते देखि सजाय काटेका उनको शव परिक्षण पछि बिस्तृत जानकारी आउने जेलर पाण्डेयले बताए । कहारको शव अस्पतालको फ्रिज घरमा राखिएको छ ।
प्रतिक्रिया