९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

घुस खाने पाल्पाका एक वडा अध्यक्ष अख्तियारको फन्दामा



रुपन्देही ।
रैनादेवी छहरा गाउँपालिका ७ पाल्पाका वडा अध्यक्ष देवेन्द्र पुन तीन लाख घुस सहित रंगेहात प्रक्राउ परेका छन् ।

शनिवार विहान ८ बजे उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवलले रंगेहात प्रक्राउ गरेको हो । सैनामैना नगरपालिका १० सालझण्डीबाट उनलाई प्रक्राउ गरिएको आयोगका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए ।

‘वडा अध्यक्षलाई अहिले अख्तियार बुटवल कार्यालयमा राखेका छौ’,भुसालले भने,‘थप अनुसन्धानका लागि आयोगको केन्द्रिय कार्यालयमा पठाइने तयारी भइरहेको छ ।’ काठ लिलामको सहजीकरण गर्ने विषयमा वडा अध्यक्ष रंगेहात प्रक्राउ परेका हुन् ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७ शनिबार ००:००  ४ : २६ बजे