मायादेवी अनलाइन, चार नम्बर ।
झण्डै एक महिनाको अवधिमा कोरोना संक्रमितको संख्या कपिलवस्तुमा ५ सयको हारहारीमा पुग्न लागेको छ । जिल्लाका १० वटै स्थानीय तहमा फैलिएको कोरोनाको फैलावट तीव्र बन्दै गइरहेको छ । दिनहुँ जसो जिल्लामा संक्रमित भेटिन थालेका छन ।
शुक्रबार मात्र जिल्लामा थप ४४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । जिल्लाको दुई पालिकामा कोभिड १९ का संक्रमित थपिएका हुन् ।
जसमा महाराजगञ्ज नगरपालिकामा १५ जना भेटिएका छन उनीहरु सबै पुरुष हुन । नगरपालिकाको वडा नं. ९ का १८ र २० बर्षीय दुई किशोरमा कोरोना संक्रमण देखिएको छ भने वडा नं. १० मा १३ जना संक्रमित भेटिएका छन ।
उनीहरुको उमेर समूह १६, २१, २२, २४, २६, २७, ३५, ३६, ३७, ३९, ३९, ४६, ४८ रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
यता यशोधरा गाउँपालिकामा २९ जना संक्रमित थपिएका छन । उनीहरु सबै पुरुष रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । संक्रमित सबै गाउँपालिकाको वडा नं. ७ का रहेका छन ।
उनीहरु मध्ये एक जना ८ महिने बालक रहेका छन भने अरु २० बर्षीय तीन, २४ बर्षीय दुई जना, २५ बर्षीय ५ जना, २६ बर्षीय दुई जना, २८ बर्षीय दुई जना, ३० बर्षीय तीन जना, ३८ बर्षीय दुई जना रहेका छन ।
यस्तै १६, १७, २१, २२, २३, २९, ४०, ४५, ५२ बर्षीय एक एक जनामा कोरोना पोजेटिभ देखिएको छ । योसंगै जिल्लामा कूल संक्रमितको संख्या ४ सय ७५ पुगेको छ ।
जिल्लामा सबैभन्दा बढी यशोधरा गाउँपालिमा शुक्रबार थपिएका २९ जनासंगै १ सय ३५, महाराजगञ्जमा शुक्रबार थपिएका १५ जनासंगै ६५, मायादेवी गाउँपालिकामा ५४, कृष्णनगर नगरपालिकामा ५२ जना संक्रमित भेटिएका छन ।
यस्तै शिवराज नगरपालिकामा ४८, शुद्धोधन गाउँपालिकामा २९, कपिलवस्तु नगरपालिकामा २८, बुद्धभूमि नगरपालिकामा २५, वाणगंगा नगरपालिकामा २२, विजनगर गाउँपालिकामा १६ जना र कपिलवस्तु अस्पतालमा एक जना संक्रमित रहेका छन ।
प्रतिक्रिया