मायादेवी अनलाइन, तौलिहवा ।
जिल्लामा १ सय भन्दा बढि कोरोना भाइरसबाट संक्रमित बनेको यशोधरा गाउँपालिका कपिलवस्तुलाई कपिलवस्तु संस्थागत विकास समिति तौलिहवाले कोरोनाको क्षेत्रमा अग्रपंक्तिमा काम गर्ने पालिकाका स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
संस्थाले स्वास्थ्यकर्मीको लागि ८ वटै स्वास्थ्य चौकीमा १÷१ गरी ८ थान वटा पि.पि.ई सेट, ८ वटा एन ९५ मास्क, ४ सय थान सर्सिकल मास्क, ४०० थान नुहाउने साबुन, ४०० थान कपडा धुने साबुन, ४०० प्याकेट सर्फ, १६ थान सेनिटाइजर, ४०० थान ग्लोब्स सहयोग गरेको छ ।
संस्थाका अध्यक्ष विश्वराज रेग्मीले यशोधरा गाउँपालिकाका अध्यक्ष गिरिजेश कुमार पाण्डेयलाई गाउँपालिकाको कार्यालयमा पुगेर सामग्री हस्तान्तरण गरेका हुन् ।
कोरोना रोग नियन्त्रणको लागि संस्थाले उपलब्ध गराएका सामग्रीको सही सदुपयोग हुने र स्वास्थ्यकर्मीलाई काम गर्न सहयोग पुग्ने अध्यक्ष पाण्डेयले बताए ।
वितरण अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकाल, स्वास्थ्य संयोजक ज्योती प्रकाश दुवे, कपिलवस्तु संस्थागत विकास समितिका कार्यक्रम संयोजक सुचेत शाक्य लगायतको उपस्थिती रहेको थियो ।
युनाइटेड मिसन टु नेपालको सहयोगमा गाउँपालिका संचालित कार्यक्रम अन्र्तरगत संस्थाले उक्त सहयोग गरेको जनाएको छ ।
प्रतिक्रिया