६ माघ २०८१, आइतबार | Sun Jan 19 2025

‘बन्द रंगशालामा खेल्नु धेरै अनौठो’



एजेन्सी ।
बार्सिलोनाका फरवार्ड एन्टोनी ग्रिजमनले बन्द रंगशालामा खेल्नु धेरै अनौठो हुने बताएका छन् । उनले यस महामारी कारण आफ्ना समर्थकको उपस्थितिविना खेल्नु असामान्य हुनेमा कुनै शंका नभएको बताए ।

बार्सिलोनाले कोरोना भाइरसको महामारीपछि ला लिगामा जुन १३ मा मलोर्काविरुद्ध खेल्दै लिगको सुरु गर्नेछ । “पहिलो खेल मलोर्काविरुद्ध हुनेछ, तर यो दर्शकविना खेल्नु एकदम अनौठो हुनेछ,” ग्रिजमनले भने, “यो मैले पहिलोपटक अनुभव गर्नेछु । यसअघि समर्थकविना कुनै खेल खेलेको छैन ।”

ग्रिजमनले यसै सिजन एथ्लेटिको मड्रिडबाट बार्सिलोना अनुबन्ध हुँदै ३७ खेलमा १४ गोल गरेका छन् । ला लिगाका अझै ११औं चरणका खेल खेल्न बाँकी छन् । जसमा शीर्ष स्थानको बार्सिलोनाले ५८ अंकसहित दोस्रो स्थानको रियल मड्रिडभन्दा २ अंकको अग्रता लिएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७७ शुक्रबार ००:००  ११ : ३० बजे