७ माघ २०८१, सोमबार | Mon Jan 20 2025

कपिलवस्तुमा कोरोना संक्रमित ३ सय ९५ पुगे, निको हुने ३२ जना



मायादेवी अनलाइन, चार नम्बर ।
गत बैशाख २५ गतेदेखि कपिलवस्तुमा भेटिन थालेका कोरोना भाइरस (कोभिड-१९) संक्रमित जेष्ठ २१ गते विहानसम्म ३ सय ९५ पुगेका छन । बुधबार विहान साढे ११ बजेभित्र यो समाचार तयार पार्दासम्म उक्त संक्रमित भेटिएका हुन् ।

बुधबार थप दुई जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । जिल्लाको वाणगंगा नगरपालिकाका दुई जनामा संक्रमण देखिएको हो ।

संक्रमित देखिनेमा वडा नं. ७ का ३४ बर्षीय र वडा नं. ९ का ३९ बर्षीय दुईजना पुरुष रहेका छन । योसंगै जिल्लामा कोरोना संक्रमितको संख्या ३ सय ९५ पुगेको छ ।

जसमा सबैभन्दा बढी यशोधरा गाउँपालिकामा १ सय जना संक्रमित रहेका छन । मायादेवी गाउँपालिकामा ५४ जना, महाराजगञ्ज नगरपालिकामा ५० जना, शिवराज नगरपालिकामा ४८ जना, कृष्णनगर नगरपालिकामा ३५ जना संक्रमित रहेका छन ।

यस्तै कपिलवस्तु नगरपालिकामा २८ जना, शुद्धोधन गाउँपालिकामा २९ जना, बुद्धभूमि नगरपालिकामा १८ जना, विजनगर गाउँपालिकामा १६ जना, वाणगंगा नगरपालिकामा बुधबार थपिएका दुईसंगै १६ जना रहेका छन । यस्तै कपिलवस्तु अस्पतालमा एक जना उपचाररत रहेका छन ।

मंगलबारसम्म जिल्लामा ५ हजार ३ सय २४ जनाको स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । जसमध्ये ३ सय ६५ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने ३ हजार ३ सय २४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । अझै १ हजार ३ सय ३३ जनाको रिपोर्ट आउन बाँकी छ ।

३२ जनाले कोरोना भाइरसलाई जितेर घर फर्के

कपिलवस्तुमा बुधबार थप ८ जनाले कोरोना भाइरस जितेका छन । जिल्लाका तीन स्थानीय तहका ८ जनाले कोरोना जितेका हुन् ।

स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार कोरोना संक्रमण मुक्त हुनेहरुमा कृष्णनगर नगररपालिकाका ५ जना, यशोधरा गाउँपालिकाका २ जना र बुद्धभूमि नगरपालिकाका १ जना रहेका छन । योसंगै कपिलवस्तुमा निको हुनेको संख्या ३२ पुगेको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७ बुधबार ००:००  ११ : ३९ बजे