७ माघ २०८१, सोमबार | Mon Jan 20 2025

कपिलवस्तुका बैङ्क संचालनको लागि जोर विजोर लागु, के हो जोर विजोर ?



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुमा बैङ्क संचालनको लागि नयाँ नियम लागु भएको छ । मंगलबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो । अब देखि बैंकहरु जोर र विजोरको नियममा चल्ने छन् ।

के हो जोर विजोर ?

जोर विजोर बैङ्कहरुको लागि नयाँ नै नियम हो । यसअघि काठमाण्डौँमा बढी जाम हुँदा या पेट्रोलियम पदार्थको अभाव हुँदा यो नियम सवारी साधनमा लागु हुने गर्दथ्यो ।

सवारीको अन्तिम अंकलाई हेरी जोर विजोर छुट्याइन्थ्यो । त्यसै अनुसार बैङ्कहरुमा पनि यो नियम लागु हुने छ । यो नयाँ नियम अब खाता नम्बर अनुसार लागु हुने छ ।

हरेक ग्राहकको खाता नम्बरको पछाडीको अंक हेरेर जोर विजोर छुट्याइने छ । त्यसै अनुसार ग्राहकलाई बैङ्कमा जान अनुरोध गरिएको छ ।

प्रशासनका अनुसार सोमबार, बुधबार र शुक्रबार जोर खाता नं, आइतबार, मंगलबार र बुधबार वेजोर खाता नं का ग्राहकलाई सेवा दिनुपर्ने छ । अहिले लक डाउनको बेलामा बैङ्क तथा वित्तिय संस्थाहरु चलाउनै पर्ने भएकाले कपिलवस्तुमा पहिलोपटक यो नियम लागु भएको हो ।

No photo description available.

प्रकाशित मिति : २० जेष्ठ २०७७ मंगलबार ००:००  ७ : २९ बजे