५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

एन्फा डेलाई चोरहरुको‘श्रीगणेश डे’ लेख्ने अध्यक्ष थापाको कारबाही अनुमोदन



काठमाडौं ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापामाथि गरिएको कारबाहीको निर्णयलाई अनुमोदन गरेको छ । सोमबार झन्डै ८ घन्टासम्म चलेको एन्फाको कार्यसमितिको अनलाइन बोर्ड बैठकले संस्था र पदाधिकारीमाथि अपशब्द बोलेको आरोप लगाउँदै जिल्ला अध्यक्ष थापामाथि कारबाही गर्ने सचिवालयको निर्णयलाई अनुमोदन गर्दै अनुशासन समितिमा पठाउने एन्फाले जनाएको छ ।

‘च्याट ग्रुपका विषयमा स्पष्टिकरण सोध्दा उल्टै १५–२० वटा प्रतिप्रश्न गरेर पठाएको छ । यस्तो अवस्थामा संस्था निरिह भएर बस्न मिल्दैन । सोही कारण सम्पुर्ण कार्यसमितिसंग छलफल गरेर निलम्बनको कारबाही गरिएको हो,’ बैठकको निर्णयमा उल्लेख छ । थापाको स्पष्टिकरण पत्र चित्त बुझ्दो नभएको र यस्तो अपशब्दमा संस्था निरिह भएर बस्न नमिल्ने र स्पष्टिकरण सोध्दा उल्टै प्रतिप्रश्न गर्दै जवाफ पठाएको भन्दै कारबाही गरिएको बैठकले निर्णय गरेको छ ।

एन्फाका केन्द्रिय सदस्य दावा लामाले ललितपुर अध्यक्ष थापाको कारवाही विधिसम्मत नरहेपनि पेलेरै गएर अनुमोदन गरेको बताएको छ । वैशाख २२ गते एन्फा डेको दिन वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङले एन्फा डेको अवसरका ए, बी र सी डिभिजनको भाइवस समूहमा ह्याप्पी एन्फा डे भनेर शुभकामना सन्देश दिएका थिए ।

। त्यसपछि बी डिभिजन क्लब झम्सिखेल युत क्लबका प्रशिक्षक समेत रहेका थापाले ‘आज एन्फा डे होइन चोरहरुको श्रीगणेश डे’ हो भनेर लेखेका थिए ।
एन्फाले २५ बैशाखमा उनलाई दुई दिनभित्र एन्फाले लिखित स्पष्टिकरण दिन पत्र काटिएको थियो । थापाले २६ बैशाखमा लिखित स्पष्टिकरण दिएपछि एन्फाले थापाको जवाफ चित्तबुझ्दो नभएको भन्दै ५ जेठमा अर्को साधरणसभा सम्मको लागि उनलाई ललितपुर जिल्ला फुटबल संघको अध्यक्षबाट निलम्वन गरेको थियो ।

यस्तै एन्फाले बैठकले २०७७र७८ को वार्षिक बजेट ७० करोड ४१ लाख १९ हजार ९२५ रुपैया विनियोजन गरिएको र उक्त बजेट संघको आगमी साधरण सभामा अनुमोदनको लागि पेश गरिने जनाएको छ ।यस्तै बैठकले १५ भदौमा एन्फाको साधारणसभा बस्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७७ मंगलबार ००:००  ४ : ५२ बजे