मायादेवी अनलाइन, चार नम्बर ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कपिलवस्तुले कपिलवस्तुका किसानमाथि अर्घाखाँचीमा गरिएको अपमानजनक व्यवहारमा खेद प्रकट गरेको छ ।
लक डाउनको यस्तो स्थितिमा मिहिनेत गरी उब्जाएको तरकारी बेच्न अर्घाखाँची जाने क्रममा केही प्रहरी र व्यापारी मिलेर डम्पिङ साइटमा फालिएको प्रति कडा शब्दमा पार्टीले निन्दा र भत्सर्ना गरेको हो ।
पार्टी अध्यक्ष झविलाल पोख्रेल र सचिव विष्णु शाहले सोमबार एक वक्तव्य जारी गर्दै भन्नुभएको छ, “तरकारी कृषकमाथि गरिएको यो व्यवहारले पार्टी दुखी छ । जसबाट यो काम भयो, पटकक्कै नहुने काम भयो ।
यसले किसानलाई उत्पादनमा लाग्न निरुत्साहित गरेको छ । पार्टीले आग्रह गर्न चाहन्छ कि तरकारी पोख्ने ब्यक्तिहरु कृपया कसरी कोरोना सर्छ पढ्नू । तरकारी पोख्नेहरुमा यसबारेमा पटक्कै ज्ञान रहेनछ ।”
वक्तब्यमा थप भनिएको छ, ‘कोरोनाको विषयमा विश्व नै अन्यौलमा परेका बेला तरकारीबाट कोरोना सर्छ भनेर जसरी हजारौँ मुल्य बराबरको तरकारी फोहरको थुप्रोमा फालिएको छ । यो पटक्कै राम्रो भएन । यस्तो आदेश कसले दियो ? यस घटनामा संलग्न जोकोहीलाई पनि छानविन गरी कारबाही गर्न अध्यक्ष पोख्रेलले विज्ञप्तीमार्फत् अनुरोध गर्नुभयो । ’
प्रतिक्रिया