परासी ।
सोमबार बिहान आएको ठुलो हावाहुरीले पश्चिम नवलपरासीको एक सामुदायिक रेडियोको टावरमा क्षति पुगेको छ । आज विहान ४ बजे आएको हवाहुरीले जिल्लाको सुनवल नगरपालिकास्थित सामुदायिक रेडियो सुनवलको टावर भाँचिदा रेडियो प्रशारण बन्द भएको हो ।
हावाहुरीका कारण रेडियोको टावर र एन्टिना भाँचिएपछि ७ लाख मुल्य बराबरको क्षति पुगेको रेडियोका प्रशासण प्रमुख इन्द्रकुमार रेग्मीले जानकारी दिए ।
टावर तथा अन्य मिसिनरी उपकरणको मर्मत सम्भारका लागि केही दिन लाग्ने र त्यसपछि मात्र रेडियो प्रसारणमा आउने बताइएको छ । पाल्ही सूचना तथा सञ्चार सहकारीद्वारा सञ्चालित उक्त सामुदायिक रेडियो सुनवल ९०।७ में। हर्ज नवलपरासी, पाल्पा, रुपन्देही लगायत ठाउँसम्म रेडियो प्रसारण हुँदै आएको थियो ।
प्रतिक्रिया