९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

गुल्मी : क्वारेन्टाइनमा रहेका ११ जनालाई उच्च ज्वरो



गुल्मी ।
गुल्मीको क्वारेन्टाइनमा रहेका ११ जनालाई उच्च ज्वरो आएका कारण सदरमुकाम तम्घासमा ल्याइएको छ । जिल्लाको इश्मा गाउँपालिका-२ को पालुखा माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका ११ जनालाई उच्च ज्वरो आएका कारण स्वास्थ्य परीक्षणका लागि गुल्मी अस्पतालमा ल्याइएको इश्मा गाउँपालिकाकी उपाध्यक्ष विमला खत्रीले जानकारी दिइन् ।

११ जनाको आरडिटी गर्दा सबैको रिर्पोट नेगेटिभ आएको गुल्मी अस्पतालका डाक्टर उत्तम पच्याले जानकारी दिए । तीमध्ये नौ जनाको स्वास्थ्य परीक्षणमा स्वास्थ्य अवस्था सामान्य रहेकाले सम्बन्धित क्वारेन्टाइनमा पठाइएको र २ जनालाई तम्घासको आइसोलेसनमा राखेर उपचार गरिएको पच्याले जानकारी दिए । उनीहरु पाँच दिन अघि भारतको दिल्लीबाट आएका थिए ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७ बिहिबार ००:००  ११ : ४५ बजे