९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

गणतन्त्र दिवसमा कपिलवस्तु कारागारबाट दुई कैदी रिहा



मायादेवी अनलाइन, तौलिहवा ।
गणतन्त्र दिवसको अवसरमा कपिलवस्तु कारगारमा रहेका दुई जना कैदी रिहा हुँदै छन । राम्रो चालचलन तथा ५० प्रतिशत कैद भुक्तान गरेका उनीहरु बिहीवार दिउँसो रिहा हुँदै छन् । दिवसका अवसरमा राष्ट्रपति बिद्यादेबी भण्डारीले कपिलवस्तुसहीत देशका बिभिन्न कारागारमा रहेका २ सय ४१ जना रिहा गरेकी हुन् ।

नकारात्मक सुचीको मुद्दामा नपरेका र ५० प्रतिशत कैद भुक्तान गरका २ जना कैदी बिहीवार रिहा हुने कारागारका जलेर राकेश पाण्डेयले बताए । रिहाका लागि र्दुई जनाको नाम कारागार ब्यवस्था बिभागमा पठाईएको थियो ।

गृह मन्त्रालयले तिनीहरुको सुची राष्ट्रपतिको कार्यालयमा पठाए पछि गणतन्त्र दिववसा उनीहरु रिहा हुने भएका हुन ।

कपिलवस्तुको बाणगंगा नगरपालिकाका कर्तव्य ज्यान तथा कृष्णगनर नगरपालिकाका हातहतियार तथा खरखजाना मुद्दामा कारागारमा जेल सजाएका काटेका दुई जनालाई बिहीवार परिवारको जिम्मा लगाउने तयारी गरिएको जेलर पाण्डेयले बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७ बिहिबार ००:००  १० : ५५ बजे