अच्युत भट्टराई ।
के तपाईं भलाद्मी हो ? यसो सोच्नुस् त, तपाईं भलादमी बन्न के के प्रयास गर्नुभएन । सानोमा तपाईं चकचक गर्दा बा आमाले भन्नुभए होला, अलि भलाद्मी भएर बस । अलि ठूलो भएर तपाईंले फाटेको कपडा लगाउँदा भन्नुभएको होला, छि कस्ता कपडा लाको, अलि भलाद्मीले लगाउने जस्ता लगा न । भलाद्मीले पनि यस्ता कपडा लगाउँछन् र । फेरि चिटिक्क परेका र स्त्री लगाएर कपडा लगाउँदा भन्नुभएको होला बल्ल भलाद्मी जस्तो देखिस्, अब आफै सोच्नुस् त तपाईं अचानक आफ्नो ‘क्रस’ लाई देख्नुभयो तपाईं अलि फरक व्यवहार गर्नुहुन्छ होला ता की सोचुस उसले पनि कस्तो भलाद्मी रैछ ।
तपाईं हिडी रहेको बेला अचानक सबैले तपाईंलाई नै हेरी रहे भने के गर्नुहुन्छ ? सरासर हिड्नु हुन्छ, एकछिन रोकिनुहुन्छ, सबैलाई फर्केर हेर्नु हुन्छ, की अलि भलाद्मी पाराले अगाडि बढ्नु हुन्छ । मैले देवकोटाको पालाको भलाद्मी र अहिलेका भलाद्मीमा धेरै अन्तर पाएको छु ।
पहिला त म देवकोटाका पालाका भलाद्मीको बारेमा भन्छुः तपाईं अरूले भन्दा भिन्न कपडा लगाउनुस्, चरम चरम गर्ने छालाका जुत्ता लगाउनुस्, अलि अलि अत्तर छर्केर गल्ली गल्ली हिँड्नुहोस् । तपाईं देवकोटाका पालाको भलाद्मी हुनुहुन्छ । तपाईं त्यसरी हिन्डा गल्लीका कुकुरले पनि चिन्छन् रे, उनीहरूले तपाईंलाई टोक्दैनन् रे किनभने तपाईं त्यसरी हिड्दा उनीहरूले थाहा पाइसकेका हुन्छन् कि तपाईं भलाद्मी हो भनेर । र देवकोटाले सेता फुस्रालाई अन्तर्यामी, विद्यमान र जगत वरपरसम्म विचार पुर्याउँने महापुरुष भनेता पनि उनीहरू भलाद्मी भन्दा बेग्लै देखिन्थे । उनीहरूले बस्त्रलाई सर्वाथोक न माने ता पनि उनीहरुले जगतपर पनि अर्कै छुट्टै दुनियाँ छ भनेर मानेका छन् ।
अहिलेका आधुनिक भलाद्मीको बारेमा पनि केही भन्छु । उहिलेका भलाद्मी पनि त्यस्तै त्यस्तै छन् । बाँकी एकै ठाउँमा भेला हुनुस् र गाफ्फा लगाउनुस्, तपाईं पनि भलाद्मीको ग्रुपमा जोडिनुहुन्छ । यदि तपाईं सरकारी जागीरे हो भने तपाईं समाजको नाउँमा पहिले नै भलाद्मी भै सक्नुभएको छ । तपाईंले बाँकी भलाद्मी हुन केही गर्नु पर्दैन्, बस एक दुई कुराको ध्यान दिए हुन्छ । बस्दा एउटा खुट्टा अर्को खुट्टाको घुँडामा अडाउनुहोस, छरछिमेकमा गएको बेला सिरानीको आडेस लगाउनुस्, अनि खाजा खाने बेला चम्चा प्रयोग गर्नुहोस अनि साँझ साँझ एक दुई बुडाहरुको ग्रुपमा बसेर गफ लडाउनुहोस । यदि तपाईं व्यापारी हो भने आफ्नो व्यापार घाटामा जाउस वा नाफामा जाउस् तपाईं ग्राहकले भनेको मूल्यमा आफ्नो समान दिनुहोस्, पहिला अलि धेरै भन्नुस् र ग्राहकले जति भन्छ त्यतिमा समान दिनुहोस् तपाईं भलाद्मीको सूचीमा पर्नुहुन्छ । यदि तपाईं विद्यार्थी हो भने तपाईं भलाद्मी बन्न पहिला त तपाईले सरकारी जागीर खानुपर्छ, राम्रो न राम्रो कुरा होस् समाजको कुरा काट्नु हुन्न, अनि बल्ल तपाईं भलाद्मीको सूचीमा पर्न योग्य हुनुहुन्छ कि त तपाईंको बुवा भलाद्मी हुनुपर्यो ।
मैले हाम्रो समाजमा धेरै भलाद्मी देखें तर सब्बै पुरुष मात्र मैले महिला भलाद्मी भने भेटाउन सकिन, या मैले खोज्न अल्छी गरे या समाजमै छैनन् । तपाईं भलाद्मी को सूचीमा पर्नुभयो या पर्नुभएन ? न आत्तिनुहोस् ! मैले भलाद्मीका केही काम पनि भन्छु त्यस पछि तपाईं पनि ढुक्क साथ भलाद्मी को सूचीमा पर्नुहुन्छ । तपाईं साँझपख तपाईंको पायक पर्ने चोकमा जम्मा हुनुहोस् र सरकारको गफ गर्नुस, सरकारको कामको बिरोध गर्नुस, सरकारलाई गाली गर्नुस् वा समर्थन गर्नुस् । तपाईं भलादमीको सूचीमा पर्न सक्नुहुन्छ । बाकी तपाईंसंग तर्क गर्ने सयौं तर्क हुनुपर्ने हुन्छ । तपाईं यदि सरकारी जागीरे भएर पनि भलाद्मी को सूचीमा पर्नुभएको छैन भने बिदाको दिन आफ्नो स्टाफलाई खाजा खिलाउनुस, तपाईं घरमा पनि अलि भारी भएर बस्नुस् र आफ्नो बोलीमा केही भार बोकेर बोल्नुस् तपाईं भलाद्मीको सूचीमा पर्नुहुन्छ । तपाईं बिदाको दिन आफ्नो अफिसमा खसी काटुम भनेर सल्ला गर्नुस्, कुखुरा काटुम् भनेर सल्ला गर्नुस् र बिदाको दिन खासै घर न बस्नुस् तपाईं छिमेकीको नजरमा भलाद्मी हुनुहुन्छ । अहिलेको यो बन्दावन्दीमा भलाद्मी बन्न केही गर्न पर्दैन् बस केही धनी मान्छे जम्मा गर्नुस् अनि दिउँसभर तास खेल्नुस्, याद गर्नुस धनी मान्छे फेरि आफू भन्दा गरिवलाई जम्मा गर्नुहोला र सबैले जुवाडे भन्नलान् । अनि एउटा कुरा यो बन्दावन्दीमा साँझ घर बाहिर आफू भन्दा धनीसंग निस्कनुस, तपाईं पनि भलादमीको सूचीमा त अवश्य पर्नुहुनेछ । यति गर्दा गर्दै पनि तपाईं भलाद्मीको सूचीमा पर्नुभएन भने तपाईं एक दुई वर्ष घर छोडेर बाहिर जानुस् अनि अली धेरै सम्पति कमाउनुस्, तपाईं समाजलाई भलाद्मी हुनुहुनेछ ।
यसो आफ्नो लुगा पन्छाएर आफ्नो भुँडी हेर्नुहोस र कुनै भलाद्मी भनेर गनिएका महापुरुषको भुँडी सम्झिनुहोस्, अनि तपाईं किन भलाद्मी न भएको भनेर पनि पत्ता लाग्नेछ । यदि तपाईंको भुँडी सानो छ भने आफ्नो भुँडीलाई पित्तल भुँडी बनाउनुहोस् त्यस पछि तपाईं भलाद्मीमा न गनिएर सुख र ।
जसरी देवकोटाका सेता फुस्राले जगत वरपर विचार राख्थे । अहिलेका सेता भनिनेले जगत वरपर त के आफ्नो आफू बसेको समाजमा पनि राम्ररी नजर राख्न भ्याउन्नन् । सायद धेरै नै व्यस्त भएर होला । भन्छन् नी आइंस्टीन पनि धेरै व्यस्त भएर आफ्नो परिचय भुलेका थिए । हो हाम्रा आधुनिक सेता फुस्रा भनाउँदा पनि अत्याधिक व्यस्त भएका कारणले गर्दा नजर न पुगे होला । जसरी मैले देवकोटाका भलाद्मी र अहिलेका भलाद्मीमा धेरै अन्तर पाए त्यसै गरी उहिलेका फुस्रा र अहिलेका फुस्रामा पनि धेरै अन्तर पाए । तपाईंलाई थाहा छ, हालै म बाहिर जाँदा एउटा विद्वानसंग भेट भएको थियो । उनी यति व्यस्त रहेछन् की आफ्नो समाजमा कहाँ निर मन्दिर छ, भनेर ठम्याउनै सकेनन् । एक÷दुई बर्ष नदेख्दा भुल्ने आफन्ती पनि एक किसिमका फुस्रा हुन । देख्दा न चिन्ने साथी पनि फुस्रा नै हुन् । उनीहरू जीवनमा यति व्यस्त रहेछन् की आफ्नो बाल्यकालमा बिताएका ती रमाइला पल पनि उनीहरूको दिमागमा अटाउने ठाउँ रैन्छ ।
मैले त बस भालाद्मीको परिचय दिन मात्र खोजेको हो । भलाद्मी त तपाईंमा पनि छ म भित्र पनि एउटा भलाद्मी छ र आज भोलिको भलाद्मी भएन भनेर चिन्ता न लिनुहोस् किनभने तपाईं भलाद्मीलाई सजिलै पैसासंग किन्न सक्नुहुनेछ । देवकोटाको भलाद्मी जस्तै अहिलेका भलाद्मी पनि झुटा रहेका छन् । उनीहरु जस्तो जीवन चाहन्थे । अहिलेका भलाद्मी पनि त्यस्तै जीवन चाहन्छन् ।
भट्टराई कपिलवस्तु वाणगंगा नगरपालिकाको बैरियाबासी हुनुहुन्छ ।
प्रतिक्रिया