९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

प्रधानमन्त्रीले भनेः राजनीतिक अस्थिरता इतिहास बन्यो (भिडियो)



काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरता र सङ्क्रमणको पीडादायी कालखण्ड अब इतिहास बनेको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले गणतन्त्रमा शान्ति र स्थायित्य कायम भएको भन्दै अब राजनीतिक अस्थिरताको अन्य भएको बताएका हुन् ।

यस्तो छ प्रधानमन्त्री ओलीको शुभकामना सन्देश

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु आज बाहौं गणतन्त्र दिवस । सर्वप्रथम यस दिवसको सुखद उपलक्ष्यमा म यहाँहरु सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु । यस अवसरमा जन्मसिद्ध श्रेष्ठताको सामन्तवादी प्रणालीमाथि आधारित र जबर्जस्ती थोपरिएको राजतन्त्रको अन्त्य गरेर गणतन्त्र स्थापनाको सपना देख्नुहुने र तिनै सपनाद्वारा हामीलाई आन्दोलनमा मार्गदर्शन गर्नुहुने अग्रजहरुप्रति हार्दिक सम्मान व्यक्त गर्दछु । आफ्नो जिन्दगी उत्सर्ग गरेर हामीलाई गणतन्त्रको उज्यालो प्रदान गर्नुहुने प्रातःस्मरणीय सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । गणतन्त्र प्राप्तिको यस कष्टसाध्य र लामो आन्दोलनमा सहभागी सबै न्यायप्रेमी जनसमुदायमा हार्दिक अभिनन्दन अर्पण गर्न चाहन्छु ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७ बिहिबार ००:००  ८ : ३४ बजे