९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

बाँकेमा निषेधाज्ञा, कोरोना सङ्क्रमण रोक्ने प्रयास



बाँके ।
बाँकेमा बुधबार रातिदेखि निषेधाज्ञा लागू भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले बुधबार रातिदेखि अर्को सूचना नआएसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

कोरोना सङ्क्रमण बढ्दै गएपछि बाँकेमा सङ्क्रमण थप फैलनबाट रोक्न अत्यावश्यक सेवा बाहेक सबै गतिविधि रोक्नेगरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले जानकारी दिनुभयो ।

नागरिकलाई हिँडडुल गर्न बन्द गरिएको छ । बाँकेमा प्रशासनको भूमिका चित्तबुझ्दो नभएको गुनासोपछि गृह मन्त्रालयले रामबहादुर कुरुम्वाङ्गलाई नयाँ प्रमुख जिल्ला अधिकारीका रुपमा बाँके पठाएको हो ।

उहाँले नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर सहितसँग छलफल गरी रेडजोन नरैनापुरमा अनुगमन र आवश्यक सर्तकता अगाडी बढाउने तयारी गर्नुभएको छ । बाँकेमा अहिलेसम्म १ सय ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७ बिहिबार ००:००  ८ : १५ बजे