काठमाडौं ।
विहीबार (आज) अपाराह्न संघीय सरकारले आर्थिक वर्ष २०७७÷७८ को बजेट प्रस्तुत गर्दैछ । संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले विहीबार अपराह्न ४ बजे बजेट भाषण गर्दै हुनुहुन्छ ।
४ बजे बजेट भाषण सुरु हुने भएकाले त्यस अगाडि नै बैठककक्षमा प्रवेश गर्न सभामुख अग्निप्रसाद सापकोटाले दुवै सदनका सदस्यलाई अनुरोध गर्नुभएको छ ।
बजेट भाषण लगत्तै प्रतिनिधि सभाको अर्को बैठक बिहिवार साँझ ६ बजे बस्ने छ ।
प्रतिक्रिया