काठमाडौं ।
मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको अवसरमा विहीबार १३ औं गणतन्त्र दिवस मनाइँदै छ ।
जनआन्दोलन २०६२÷६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।
दुई सय ३८ वर्ष लामो शाहवंश राज परम्पराको अन्त्यको घोषणा भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउने गरिन्छ ।
गणतन्त्र दिवसको दिन दिइने सार्वजनिक विदा भने सरकारले दुई बर्ष अघिदेखि कटौती गरेको छ । गणतन्त्र दिवसको अवसरमा कोरोना भाइरसले गर्दा कुनै औपचारिक कार्यक्रम आयोजना गरिएको छैन । यद्यपि सरकारले घर घरमा तीन दिन दीपावली गरेर दिवस मनाउन आग्रह गरेको छ ।
प्रतिक्रिया