प्युठान ।
हावाहुरीसँगै परेको परेको चट्याङले प्यूठानमा बुधबार एक जनाको ज्यान लिएको छ । जिल्लाको गौमुखी गाउँपालिका वडा नं. ६ का ११ बर्षीय दिपक सुनारको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
डीएसपी नरेन्द्रकुमार कार्कीका अनुसार उनको स्वास्थ्य चौकी लिबाङ्ग लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । त्यस्तै, चट्याङ लाग्दा स्थानीय २५ बर्षीया सुरेश बिश्वकर्मा घाईते भएका छन ।
उनको टाउकोमा चोट लागेको छ । घाईते सुरेशलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार ल्याईएको छ ।
प्रतिक्रिया