मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाले ५ हजार बोरा धान वितरण गर्ने भएको छ । गाउँपालिकाले उन्नत जातको राधाचार धान वितरण गर्न सुरु गरेको हो । कार्यपालिकाबाट निर्णय भएबमोजिम प्रत्येक घरलाई पुग्ने गरी वितरण कार्यलाई अगाडी बढाएको छ ।
कृषकलाई ५० प्रतिशत अनुदानमा उक्त धान वितरण गर्न लागेको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भएको छ ।
सरकारले लगाएको लकडाउनमा कृषकहरुको समस्याहरुलाई मध्येनजर गर्दै समयमै धानको बिउ वितरण गर्न लागेको छ ।
कृषकलाई कोरोना भाइरसका कारण लगाइएको लकडाउनले धानको बिउ बजारबाट ल्याउन किसानलाई अप्ठ्यारो भएकोले गाउँपालिकाले आफै धानको बिउ व्यवस्थापन गरी वितरण सुरु गरेको हो ।
हालसम्म गाउँपालिकाले १ हजार बोरा धान वितरण गरि सकेको कृषि विकास शाखाले जनाएको छ ।
प्रतिक्रिया