मायादेवी अनलाइन, कपिलवस्तु ।
प्रदेश ५ को हिमाली जिल्ला रुकुम पूर्वमा पनि कोरोनाका संक्रमित भेटिएका छन । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा तीन जना संक्रमित भेटिएका हुन् । संक्रमित पुथा उत्तरगंगा–१४ र १५ का रहेका छन ।
रुकुम पूर्वमा समेत संक्रमित भेटिएपछि प्रदेश ५ का पहाडमा तीन जिल्लामा कोरोना देखिएको छ । यसभन्दा अगाडी गुल्मी र अर्घाखाँचीमा समेत कोरोना देखिएको थियो । यता प्रदेश ५ का रोल्पा, प्यूठान र पाल्पा जिल्ला आजसम्म कोरोना मुक्त रहेका छन । प्रदेशका तराई क्षेत्रमा पर्ने ६ जिल्लामा यसभन्दा पहिले नै कोरोना देखिइसकेको छ ।
दाङमा थपिए १५ जना
घोराही र लमही क्षेत्रका १५ जनामा कोरोना संक्रमण देखिएको प्रतिष्ठानले जनाएको छ । दाङको घोराही उपमहाननगरपालिका–१० का ३ जना वर्ष २४, ४०, ४० वर्षका पुरुष र वडा नम्बर १८ का ४ जना रहेका छन् । उनीहरु २४, २५, ४०, ४२ वर्षका पुरुष रहेका छन् ।
त्यसै गरेर लमही नगरपालिका वडा नम्बर १ का २६ वर्षीय १ जना, वडा नम्बर २ का १७, ३० वर्षका दुईजना वडा नम्बर ४ एक जना, २६ वर्षीय पुरुष, वडा नम्बर ५ का तीन जना २० वर्षका दुई जना र २३ वर्षको एक जना रहेका छन् ।
यसमा २० वर्षकी एक महिला पनि छन । वडा नम्बर ६ का एकजना १८ वर्षीय पुरुष रहेका छन् । एक जना महिलासहित सबै १७ वर्षदेखि ३० वर्ष उमेरका छन् ।
प्रतिक्रिया