बर्दिया ।
बर्दियाको गुलरिया नगरपालिकाको क्वरेन्टीनमा बसेका एक जनाको ज्यान गएको छ । बबई क्याम्पसमा रहेको क्वरेन्टीनमा बसेका ५५ वर्षीय पुरुषको ज्यान गएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिनुभयो । हृदयाघातका कारण ज्यान गएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको उहाँले बताउनुभयो ।
मृतकको अहिले स्वाब परीक्षण गर्ने तयारी भैरहेको उहाँले बताउनुभयो । उनी दुईदिन अघि अछाम जिल्लाबाट बर्दिया आएको बुझिएको छ ।
स्वाब परीक्षण गर्ने तयारी भैरहेका व्यक्तिको कसरी ज्यान गयो भन्ने विषयमा थप बुझिरहेको प्रमुख जिल्ला अधिकारी प्रेमलालाल लामिछानेले बताउनुभयो ।
प्रतिक्रिया