एजेन्सी ।
इंग्लिस क्लब बर्नेमाउथका गोलकिपर आरोन रामस्डेललाई कोरोना भाईरसको संक्रमण देखिएको छ । गोलकिपर आरोनले मंगलबार आफुलाई कोरोना लागेको पुस्टि गरेका छन् ।
इंग्ल्यान्डको पत्रिका द सनसँग कुरा गर्दै गोलकिपर आरोनले कोरोना भएको पुस्टि गरेका हुन् ।
‘पक्कै पनि म अचम्मित भए । मैले कसैसँग भेटघाट गरेको छैन । तर, कोरोना देखिएको छ,’ सेल्फ आइसोलेसनमा रहेका उनले भने, ‘सुरुमा एकदम डर लागेको थियो ।’
यस अघि बर्नेमाउथले आफ्ना एक खेलाडीमा कोरोना देखिएको जनाएको थियो । तर, क्लबले खेलाडीको भने गोप्य राखेको थियो ।
प्रिमियर लिगका खेलाडीको दोस्रो चरणको परिक्षण दौरान गोलकिपर आरोनमा कोरोना देखिएको हो ।
हालसम्म प्रिमियर लिगमा १७ सय ४४ खेलाडीलाई परिक्षण गर्दा ८ जनामा कोरोनाको संक्रमण देखिएको छ ।
प्रतिक्रिया