९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

क्वारेन्टाइन व्यवस्थापनमा जुटेका वडाध्यक्षको मृत्यु



काठमाडौँ ।
कञ्चनपुरमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका एक जना वडा अध्यक्षको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्वर ७ का अध्यक्ष कल्लु रानाको मंगलबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका उनी एक्कासी बेहोस भएका थिए । ५८ वर्षीय रानालाई सेती प्रादेशिक अस्पतालमा उपचार गर्ने लैजाने क्रममा मृत्यु भएको हो । उनमा कोरोना संक्रमण थियो कि थिएन भनेर परीक्षण गर्ने अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७ बुधबार ००:००  १० : १४ बजे