मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाले कोरोना संक्रमित भेटिएका समुदायमा कन्ट्याक्क ट्रेसिङको काम सकाएको छ । नगरका दुई सञ्चारकर्मी, एक जनप्रतिनिधि र एक बालिका रहेको गाउँको कन्ट्याक्क ट्रेसिङ गरिएको हो ।
नगरपालिकाका नगर प्रवक्ता विष्णु पौडेलले कोरोनाको सम्भावित जोखिम रहेको स्थानमा कन्ट्याक्क ट्रेसिङ गरिएको मायादेवीलाई बताउनुभयो ।
नगरपालिकाले बुधबार (भोलि) झण्डै एक सय जनामा कोरोनाको नमुना परिक्षण गर्ने जनाएको छ । भोलि विहान ७ बजेदेखि नमुना परिक्षण अन्तर्गत स्वाब लिइने गरी तयारी भैरहेको नगर प्रवक्ता पौडेलले बताउनुभयो ।
स्वाब परिक्षण लिदा कन्ट्याक्क ट्रेसिङमा आएका समुदाय र क्वारेनटाइनमा बसेर समय पुगेका व्यक्तिलाई प्राथमिकता दिइने उहाँले बताउनुभयो । यता आजसम्म वाणगंगा नगरपालिकाका विभिन्न क्वारेनटाइनमा गरी २ सय ६० जना रहेका छन ।
यी हालै भारत हुँदै आएको नगरपालिकाले जनाएको छ । कोरोना देखिएका सम्भावित स्थानलाई शिल गरिएको छ भने संक्रमितको सम्पर्कमा रहेका भनिएका व्यक्तिलाई होम क्वारेनटाइनमा बस्न भनिएको छ । नगरभित्र १२ जना कोरोना संक्रमित देखिएका छन । एक जना बालिकाको भने काठमाडौंमै उपचारको क्रममा संक्रमण देखिएर उतै उपचार भैरहेको छ ।
प्रतिक्रिया