बिष्णु कुमार आले, अर्घाखाँची ।
अर्घाखाँची जिल्लामा पहिलो पटक सोमबार दुई जना कोरोना सक्रमितका बिरामी फेला परेपछि मंगलबार दिउँसो सर्वपक्षीय बैठक बसि बिभिन्न निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यलयमा प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको अध्यक्षतामा राजनीतिक दलका प्रमुख, स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रमुखहरूको सर्वपक्षीय बसेको बैठकले फेला परेका कोरोना संक्रमितलाई सन्धिखर्क १ मा रहेको युवाबर्ष रबिचित्र माविमा आइसोलेशन निर्माण गरी उपचार गर्ने निर्णय गरेको हो ।
मंगलबार बिहान संक्रमितलाई दाङको कोरोना अस्पतालमा पठाउन तयार गरिएको भनिएता पनि दिउँसो सर्वपक्षिय बैठकले दाङ नपठाउने निर्णय गरेको छ । त्यस्तै बैठकले सिमापारी अलपत्र परेका जिल्लाबासीलाई बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म आउने अनुमती दिने, विभिन्न स्थानबाट आउने नागरिकलाई स्थानीय क्वारेन्टाइनमा राख्ने, क्वारेन्टाईनमा रहेका र फन्टलाईनमा रहेका व्यक्तिको पिसिआर चेक गर्नको लागि केन्द्रीय र प्रदेश सरकारको सिसिएमसिमा कीट माग गर्ने निर्णय गरेको छ ।
साथै बैठकले जिल्लामा कोरोना भाईरस परिक्षण गर्न जनस्वास्थ्य प्रयोगशाला स्थापनाको लागि सामाजिक मन्त्रालय प्रदेश ५ मा अनुरोध गर्ने समेत निर्णय गरेको छ । स्वास्थ्य सामग्री सहयोग गर्ने बिभिन्न संघ संस्था, ब्यक्ति सबैलाई धन्यबाद लिदै थप स्वास्थ्य सामग्री आपूर्ति गराउन प्रदेश सरकारलाई बैठकले माग गरेको छ ।
सोमबार जिल्लाको पाणीनी ८ कमला माबिमा क्वारेन्टाइनमा बसेका १९ र ४३ बर्षीय पुरूषमा कोरोना संक्रमित भएको पुष्टि भएको छ । उनीहरू अहिले पनि गाउँकै क्वारेन्टाइनमा रहेका छन् । उनीहरू जेठ २ गते पैतल हिड्दै भारतबाट आएका थिए ।
प्रतिक्रिया