९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

क्वारेनटाइनको नियम उल्लङ्घन गर्ने युवकलाई ४ महिना जेल सजाय



एजेन्सी ।
दक्षिण कोरियामा क्वारेनटाइनको नियमलाई पटक पटक उल्लङ्घन गरेपछि एक अदालतले एक युवकलाई चार महिनाको कैद सजाय सुनाएको छ ।

दक्षिण कोरियामा क्वारेनटाइनको नियम उल्लङ्घन गरेकालाई सजाय दिइएको यो पहिलो पटक हो । मिस्टर किम नाम गरेका व्यक्ति क्वारेनटाइनको अवधि पूरा हुनु दुई दिनअघि घरबाहिर निस्किँदै गर्दा पक्राउ गरिएको थियो । उनलाई एक केन्द्रमा लगिएको छ, जहाँबाट उनले भाग्ने कोसिस गरेका थिए ।

राजधानी सोलका कैयौँ नाइट क्लबमा कोरोना सङ्क्रमण देखिने क्रम बढेपछि दक्षिण कोरियाले क्वारेनटाइनको नियमलाई उल्लङ्घन गर्नेविरुद्ध कडा नियम लागू गर्नेबारेमा पनि सोचिरहेको छ ।

दक्षिण कोरियामा अहिलेसम्म ११ हजार दुई सय २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये दुई सय ७९ जनाको ज्यान गइसकेको छ । त्यस्तै १० हजार दुई सय ७५ जना उपचारपछि निको भएका छन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०७७ मंगलबार ००:००  ४ : ४१ बजे