मायादेवी अनलाइन, विजयनगर ।
कोरोना भाइरससंग जुधिरहेको कपिलवस्तुमा फेरि अर्को विपत्ति लाइलागेको छ । कोरोनासंगै पछिल्ला केहि दिन गर्मीले आहलकाहल पारेको जनजीवनमा जिल्लाको विजयनगरको एक बस्तीमा आगलागी भएको छ ।
विजयनगर गाउँपालिकामा आगलागी हुँदा ९ घरसहित २ गोठ जलेर नष्ट भएको हो । गाउँपालिकाको वडा नं. ७ मानपुरमा करिब दिउँसो साढे १ बजेतिर आगलागी हुँदा घरगोठ जलेको प्रहरीले जनाएको छ । स्थानीय रमेश यादवको गोठबाट आगलागी भएको थियो ।
आगलागीबाट लत्ता कपडा, खाद्यान्न, भाँडाकुडा नगद र गरगहनासहित अन्दाजी २० लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपाल जानकारी दिनुभएको छ ।
आगलागीबाट पशु चौपाया र मानवीय क्षति नभएको नेपालले बताउनुभयो । आगो किन कसरी लाग्यो भन्ने अझै खुल्न सकेको छैन । आगो स्थानीय, प्रहरी र दमकलद्धारा नियन्त्रणमा आएकोे थियो ।
प्रतिक्रिया