भैरहवा ।
केहि दिनयता तराईका जिल्लाहरुमा गर्मी बढ्न थालेको छ । विगतमा फागुन महिनादेखि नै गर्मी हुने गरे पनि यस वर्ष जेठ महिनादेखि गर्मी बढ्न थालेको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार करिब १२ बजे मापन गरिएको भैरहवाको अधिकतम तापक्रम ३६ डिग्री सेल्यिएस रहेको छ भने आर्द्रता ४४ प्रतिशत छ । सोमबार भैरहवाको अधिकतम तापक्रम ४२ दशमलव २ डिग्री सेल्यिएस मापन गरिएको थियो । जुन देशमै सबैभन्दा बढी थियो । र, भैरहवामा यस वर्षको पनि सबैभन्दा बढी तापक्रम पनि हिजो थियो । त्यस्तै आइतबार भैरहवाको अधिकतम तापक्रम ३९ दशमलव ५ डिग्री सेल्यिएस रह्यो ।
लकडाउनमा केही सर्वसाधरणहरुको दिउँसोमा चहलपहल हुने गरेपनि बढ्दो गर्मीका कारण दिउँसोमा चहलपहल पातलिएको छ । यससँग दिउँसोमा लकडाउन पनि कार्यान्वयन हुन पुगेको छ । तर, साँझ सूर्यअस्त भएपछि छिटफुट रुपमा सर्वसाधरणहरु हिड्डुल हुने गरेको छ । लकडाउनमा सवारी साधनलगायतका कारण प्रदुषण कम हुँदा गर्मी ढिलो गरी सुरु भएको अनुमान गरिएको छ । लकडाउनका कारण दैनिक मजदुरी गरेर जीवनकोपार्जन गर्नेहरुका लागि गर्मीयाम झनै कष्टकर बन्न पुगेको छ । विगतमा गर्मी छल्नका युवायुवतीहरु विभिन्न पार्क, हरियाली स्थान, स्विमिङ पुलमा जाने गरेपनि अहिले ती सबै बन्द छन् ।
गर्मी बढ्दै गएसँगै बालबालिकाहरु लगायत अन्य उमेर समूहका विरामी बढ्ने सम्भावना छ । यस समयमा झाडापखाला, ज्वरो, रुघाखोकी, पिसाव संक्रमण, जलवियोजन, मलेरिया, डेंगु लगायतका विरामी बढ्ने गर्दछन् । गर्मीयाममा भैरहवाको एक मात्र सरकारी भीम अस्पतालमा विरामीहरु खचाखच भरिने गरेका थिए । तर, हाल यस अस्पताललाई कोरोना अस्पतालको रुपमा रुपान्तरण गर्दा अन्य प्रकृतिका विरामीहरुका लागि अस्पतालको सेवा रोकिन पुगेको छ । नीजि अस्पतालले समान्य ज्वरोको विरामीलाई समेत उपचार नगर्ने गरेकाले सर्वसाधरणहरुको सहारा सरकारी अस्पताल नै हो । अन्नपूर्णबाट
प्रतिक्रिया