एजेन्सी ।
गत महिना फ्रान्सका प्रधानमन्त्री एडुअर्ड फिलिप्पेले कोरोना भाइरस महामारीका कारण सेप्टेम्बरसम्म कुनै पनि खेलकुद प्रतियोगिता गर्न अनुमति नदिने घोषणा गरेपछि लिग वान स्थगित भएको थियो ।
लिग स्थगित भएपछि तालिकाको शीर्षस्थानमा रहेको पीएसजीलाई च्याम्पियन घोषणा गरेको थियो । तर, लिग कमिटीको त्यो निर्णयबाट धेरै क्लब सन्तुष्ट देखिएका थिएनन् । फ्रान्सेली लिग वान लियोनका अध्यक्ष जिन–मिसेल औलासले फ्रान्सेली प्रधानमन्त्री र खेलमन्त्रीलाई पत्र लेखेका छन् । उनले लिग वान सिजन स्थगित नभई पुनः सुरु गर्नुपर्ने माग राख्दै सरकारलाई पत्र लेखेका हुन् ।
लिग डे फुटबल प्रोफेसनल (एलएफपी) ले प्रतिखेलका आधारमा अन्तिम अंक तालिका निकालेको हो भनेर पुष्टि गरे लियोनले युरोपा लिग गुमाउनेछ । औलासले यस निर्णयलाई अस्वीकार गर्दै एलएफपी कार्यकारी समितिको निष्ठामाथि प्रश्न उठाउँदै फ्रान्सेली खेलमा ‘आर्थिक आपतकाल’ को चेतावनी दिएका छन् । उनले अगस्तमा प्ले अफको योजना मिलाउन सकिन्छ सकिनेसमेत बताए ।
बुन्डेसलिगा सिजन सुरु भएको छ भने अन्य युरोपका शीर्ष लिगहरू सुरु हुने तयारी गरिरहेका छन् । तर, फ्रान्समा भने लिगले अर्कै मोडमा लिइसकेको छ । औलासले सिजन २०१९–२० लाई जुनमा सुरु गर्न सकिने अवस्था नआए पनि जुलाई वा अगस्तमा सुरु गर्न सकिने बताए । हतारमा निर्णय लिएकाले फ्रान्सेली फुटबलले आफ्नो त्रुटि सुधार्नुपर्ने उनको माग छ ।
प्रतिक्रिया