९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

घोराही ९ को गुरैयाँ टोललाई सिल गरियो



दाङ ।
घोराही ९ भगुवार गाउँका एक युवकलाई कोठमाडौँमा स्वाब परीक्षण गर्दा कोरोनो पुष्टि भएपछि भगुवारको गुरैयाँ टोललाई शिल गरिएको छ ।

काठमाडौंस्थित एक अपार्टमेन्टमा सुरक्षा गार्डको काम गर्दै आएका ती युवकलाई दाङमै संक्रमण भएको आशंकामा उनको घर भएको टोल शिल गरिएको हो । गत चैत १० हजुरआमाको शुद्धशान्तिका लागि घर आएका आएका उनी वैशाख ३१ गते काठमाडौं फर्किएका थिए ।

काममा जाने क्रममा अपार्टमेन्टले जेठ ४ गते उनको स्वास्थ्य जाँच गराएपछि उनमा कोरोना पुष्टि भएको वडा अध्यक्ष मानबहादुर बस्नेतले जानकारी दिए । उनी फुपुको छोराले चलाउने एम्बुलेन्समा काठमाण्डौ गएका थिए । उनीसँगै काठमाण्डौ गएका एम्बुलेन्स चालक, एक महिला र बच्चामा संक्रमण नदेखिएपछि दाङमै संक्रमण भएको हुन सक्ने उनले बताए । यद्यपि ती व्यक्तिलाई कसरी र कहाँबाट संक्रमण भयो भन्ने बारेमा केही खुलेको छैन ।

१७ घरधुरी रहेको गुरैयाँ टोलका नागरिकहरुलाई अहिले बाहिर निस्कन र बाहिरबाट गाउँ प्रबेशमा रोक लगाईएको वडा अध्यक्ष बस्नेतले बताए । अहिले उनले भेटेका व्यक्ति र गएका ठाउँका नागरिकहरु त्रसित भएका छन् । उनलाई टेकु अस्पतालको आइसोलेशनमा राखिएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७७ मंगलबार ००:००  २ : ४७ बजे