अर्घाखाँची ।
अर्घाखाँचीका दुई कोरोना संक्रमितलाई उपचारका लागि दाङ पठाइने भएको छ । दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा समन्वय गरेर दाङ पठाउन लागिएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले बताए । दाङको कोरोना अस्पतालमा बिरामीको चाप कम भएकाले त्यहाँ पठाउन लागिएको खनालको भनाइ छ ।
बिरामीलाई लैजान रेडक्रसको एम्बुलेन्समा तयारी गरिएको छ । एम्बुलेन्समा चालक र दुई संक्रमित मात्र हुने जनाइएको छ । अर्घाखाँचीमा सोमबार पाणिनी–८ मा रहेको कमला मावि क्वारेन्टाइनमा बसेका १९ र ४३ वर्षीय पुरूषमा कोरोना पुष्टि भएको थियो । कुनै लक्षण नदेखिएका दुवैजनाको स्वास्थ्य अवस्था सामान्य छ ।
प्रतिक्रिया