मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तु नगरपालिका वडा नं. ४ मलपरवास्थित सुन्दर प्राथमिक विद्यालयबाट भागेर घर गएका पुनः क्वारेनटाइनमा फर्काइएका छन ।
सोमबार राति साढे ९ बजे भागेका ४२ जनालाई आज (मंगलबार) बिहान ५ बजेसम्म फर्काएर ल्याई क्वारेन्टाइनै राखिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभयो ।
१४ दिनसम्म पनि कोरोना परीक्षणको रिपोर्ट नआएपछि आक्रोशित हुँदै क्वारेन्टाइन छाडेर घर गएका थिए ।
क्वारेनटाइनमा बसेका उनीहरुको रिपोर्ट आएपछि नेगेटिभ रिपोर्ट भएकालाई मात्रै घर जान दिइने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । रिपोर्ट केहि दिनमा आउने उहाँले बताउनुभयो ।
यसभन्दा अगाडी जिल्लाको यशोधरा गाउँपालिकाका क्वारेनटाइनमा बसेका ४५ जना भागेका थिए । उनीहरुलाई दुई दिनपछि घरघरबाट फर्काएर पुनः क्वारेन्टाइनमा राखिएको थियो ।
क्वारेन्टाइनहरुमा मापदण्ड अनुसारका सुविधा नभएका र समयमा चेकजाँच नभएको भन्दै जनस्तरबाट समेत असन्तुष्टि बढ्न थालेको छ ।
प्रतिक्रिया