काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठकको आह्वान गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले अपराह्न ५ बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाउनुभएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ ।
सीमा विवादलगायत विभिन्न समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक डाक्नुभएको बताइएको छ ।
सरकारले केही दिनअघि मात्र लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नक्सा प्रकाशित गरेपछि निशान छाप परिवर्तनका लागि संविधान संशोधन गर्न सहमति जुटाउन बैठक केन्द्रित हुने छ ।
प्रतिक्रिया