९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

इटालियन सिरी ए फुटबल जुनबाट सुचारु हुने सम्भावना




एजेन्सी ।

कोरोना भाईरसको महामारीपछि स्थगित इटालियन सिरी एु फुटबल आगामी जुनबाट सुचारु हुने सम्भावना बढेको छ ।इटालीका खेलकुद मन्त्री भिन्सेन्जो स्पाडाफोराले सिरी ए फुटबल जुनबाट सुचारु गर्ने तयारी भईरहेको बताएका छन् ।

खेलकुद मन्त्री भिन्सेन्जोले लिग सुचारुका लागि दुई मितिबारे छलफल भईरहेको बताएका छन् । हामी जुन १३ वा २० बाट सिरी ए सुचारुका लागि सम्भावित दुई मितिमा छलफल गरिरहेका छौँ, खेलकुद मन्त्री भिन्सेन्जोले भनेका छन्, ुहामी यसबारे बिहिबार निर्णय गर्दैछौँ ।

कोरोनाको कारण सिरी ए फुटबल गत मार्चबाट स्थगित गरिएको छ । यस सिजन साविक विजेता युभेन्ट्स शीर्ष स्थानमा रहेको छ । युभेन्ट्स लाजियो भन्दा एक अंकले अघि रहेको छ । कोरोनाको कारण स्थगित बुन्डेसलिगा सुचारु भईसकेको छ । यस्तै फ्रेन्च लिग वान भने रद्द भईसकेको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७७ मंगलबार ००:००  ७ : ३७ बजे