९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कोरोना जाँच नभएको झोकमा कपिलवस्तु नगरपालिकाका ३० जना क्वारेनटाइनबाट भागे



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तु नगरपालिका भित्र बसेका ३० जना व्यक्ति क्वारेनटाइनबाट भागेका छन । नगरपालिकाको वडा नं. ४ मलपरावाको श्री सुन्दर प्राविको क्वारेनटाइनमा बसेका ३० जना भागेका हुन् । क्वारेनटाइनको सुरक्षार्थ खटिएका गार्डलाई थर्काउँदै सबै घर हिडेको जनाइएको छ । क्वारेनटाइनमा झण्डै ४१ जना रहेको स्रोतले बतायो । यद्यपि ३० जना भएको भने पुष्टि भएको छ ।

क्वारेनटाइनमा बसेका व्यक्ति भागेर आ-आफ्नो घर हिडेपछि नगरपालिका भित्र कोरोनाको त्रास भएको छ ।

१४ दिन क्वारेनटाइनमा बस्दा पनि कोरोना परिक्षण नभएको झोकमा उनीहरुको भागेको हाम्रा तौलिहवा सहकर्मीले जनाउनुभएको छ ।

उनीहरु सोमबार (आज) राति सवाँ नौ बजे भागेका हुन् । यी भाग्नेहरु हालै भारतबाट आएका हुन् ।
केन्द्र र प्रदेश सरकारले कोरोना जाँच गर्ने प्रयाप्त किट उपलब्ध गराउन नसक्दा स्थानीय तहलाई क्वारेनटाइनमा बसेकाहरुलाई सम्हाल्न गाह्रो भैरहेको छ । केहि दिन पहिला पनि यशोधरा गाउँपालिकाको क्वारेनटाइनबाट पनि भागेका थिए ।

प्रकाशित मिति : १२ जेष्ठ २०७७ सोमबार ००:००  १० : २२ बजे