मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुमा थप दुई जनामा कोरोना पुष्टि भएको छ । जिल्लाको मायादेवी गाउँपालिकाको क्वारेनटाइनमा रहेका एक जना र कपिलवस्तु अस्पतालमा उपचाररत एक जना गरी दुई जनामा संक्रमण पुष्टि भएको हो । दिउँसो मात्र जिल्लाको शिवराज नगरपालिकामा तीन जना संक्रमित भेटिएका थिए । योसंगै जिल्लामा संक्रमितको संख्या ८५ पुगेको छ ।
यता अर्घाखाँचीमा पहिलोपटक कोरोनाका विरामी फेला परेका छन । जिल्लाको पाणिनीको क्वारेन्टाइनमा रहेका मध्ये दुईजनामा कोरोना संक्रमण देखिएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाले जनाएको छ ।
यस्तै रुपन्देहीका एकजना कोरोना संक्रमित पनि लुम्बिनी प्रादेशिक अस्पतालका विरामी भएको प्रयोगशालाले जनाएको छ । सोमबार थपिएका यी सबै संक्रमित पुरुष हुन् ।
सोमबारको पछिल्लो नतिजासंगै प्रदेश ५ मा कोरोना संक्रमितको संख्या २ सय ९५ जना पुगेको छ । सात प्रदेशमध्ये सबैभन्दा धेरै संक्रमित प्रदेश ५ मै देखिएका छन् ।
प्रतिक्रिया