मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका– १० लोहरौलास्थित इट्टा भट्टामा काम गर्ने क्रममा एक मजदुरकोे मृत्यु भएको छ ।
गत जेठ १० गते सोनी इट्टा भट्टामा काम गर्ने क्रममा इट्टाको चाङमा खसरे गम्भीर घाईते भएका स्थानीय ३२ बर्षीय नारापण पाख्रेललाई उपचारका लागि भैरहवा मेडिकल कलेज लगिएको थियो ।
उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टम पछि आफन्तलाई बुझाईएको छ ।
प्रतिक्रिया