९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

प्रधानमन्त्रीले भन्छन- कोरोनाविरुद्धको लडाइँ निकै लामो र चुनौतीपूर्ण छ



काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको लडाइँ निकै लामो र चुनौतीपूर्ण रहेको बताउनुभएको छ ।

राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले सरकारले महामारी नियन्त्रण गर्न प्रभावकारी काम गरिरहेको पनि बताउनुभयो । लकडाउनले असहज बनाए पनि सङ्क्रमण पहिचान गर्न र सङ्क्रमितको पहिचान गर्न सहज पुर्‍याएको प्रधानमन्त्रीको भनाइ छ ।

महामारीबाट हुन सक्ने डरलाग्दो क्षतिलाई लकडाउनले जोगाएको प्रधानमन्त्री ओलीले बताउनुभयो । तर सरकारले महामारी नियन्त्रणलाई प्रभावकारी बनाएको उहाँले बताउनुभयो ।

कोरोना सङ्क्रमणबाट जोगिन आम नागरिकलाई प्रधानमन्त्री ओलीका पाँच टिप्स

१) यस महामारीसँग लड्दै निरोगी नेपाल निर्माणमा आफूलाई तयार राख्न उपलब्ध आहारलाई स्वच्छ र सन्तुलित बनाऔँ ।
२) लकडाउनको समयमा उपलब्ध फुर्सदलाई स्वस्थ रहन उपयोग गरौँ । शारीरिक र श्वास प्रश्वासको चुस्तताको लागि घरैभित्र व्यायामलाई निरन्तरता दिऊँ ।
३) भाइरस फोहरमा रमाउँछ । आफ्नो शरीर र बासस्थान दुबैको सरसफाइमा एकदमै ध्यान दिऊँ ।
४) स्वस्थ रहनको लागि पर्याप्त आराम आवश्यक छ, यसमा ध्यान दिऊँ ।
५) भय र त्रास, चिन्ता र आशङ्काले रोगव्याधिविरुद्धको लडाइँमा कमजोर तुल्याउँछ । उच्च मनोबल कायम राखौँ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७७ सोमबार ००:००  ७ : ५३ बजे