९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

वा गज्जव ! विजयनगरमा क्वारेनटाइन भित्रै नवाज पढ्ने सुविधा, खानाका परिकार घरमा झै !



मायादेवी अनलाइन, विजयनगर ।
गाउँपालिका भएपनि जनमैत्री काम गरेर सधै चर्चामा रहने कपिलवस्तुको सदुर पश्चिममा रहेको विजयनगर गाउँपालिकाले सोमबार पनि फरक काम गरेको छ । सोमबार मुस्लिम समुदायको महान पर्व इल उल फित्र । कोरोना महामारीको बेला इद पर्व मुस्लिम समुदायलाई विगतको जस्तो भएन । संसारभर फैलिएको कोरोनाबाट सिंगो मानव जाति बाँच्नका लागि संघर्षरत छ । यो बेला बाँच्नु र बचाउनु नै ठूलो कुरा छ । यद्यपि यही परिवेशमा भित्रिएको इद पर्व मुस्लिम समुदायले जसोतसो मनाएका छन ।

अहिले जिल्लामा ८ हजार हारहारीले क्वारेनटाइनको बास विताइरहेका छन । हालै भारतबाट फर्केकाहरु क्वारेनटाइनमा बसेका हुन् । यसरी क्वारेनटाइनमा बस्नेहरु मुस्लिम समुदायका पनि छन । विजयनगर गाउँपालिकाकाले ईदको अवसरमा मुस्लिम समुदायलाई खुसी दिलाएको छ । क्वारेनटाइनमा बस्नेहरुलाई गाउँपालिकाले खुसी दिलाएको हो ।

गाउँपालिकाले क्वारेनटाइन भित्र नवाज पढ्ने व्यवस्था मिलाइ दिएको गाउँपालिका अध्यक्ष गोपाल थापाले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो । सोहि व्यवस्था अनुसार सामाजिक दुरी कायम गरी मुस्लिम समुदायका व्यक्तिले क्वारेनटाइन भित्रै नवाज पढेको गाउँपालिका अध्यक्ष थापाले बताउनुभयो । नवाज पढेपछि मुस्लिम समुदायको महत्वपूर्ण खानेकुरा सेवई पनि बनाएर खुवाएको उहाँले बताउनुभयो ।

क्वारेनटाइन भित्र आफ्नो महान पर्वको अर्थ बुझेर घरमा झै व्यवस्था गरेको भन्दै मुस्लिम समुदाय खुसी भएका थिए ।

सबै जातजाति, भाषाभाषी धर्मसंस्कृतीलाई सम्मान गर्नुपर्ने भन्दै आफुले ईदमा सक्दो सहयोग गरेको गाउँपालिका अध्यक्ष थापाले सुनाउनुभयो ।

प्रकाशित मिति : १२ जेष्ठ २०७७ सोमबार ००:००  ७ : २९ बजे