मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तु बुद्धभूमि नगरपालिका वडा नं. ४ मा बसोबास गर्ने नेताहरुले वडाले निर्माण गरेको क्वारेनटाइनबाट आफुहरु नभागेको बताएका छन् ।
बुड्ढीमा दुई दाजुवहिनीलाई कोरोना भाइरस देखिएपछि उनीहरुसंग सम्पर्कमा रहेका व्यक्तिलाई वडा कार्यालयले क्वारेनटाइनमा राख्ने व्यवस्था मिलाएको थियो । तर, सिंगो गाउँ नै क्वारेनटाइनमा बस्नुपर्ने भएपछि होम क्वारेनटाइमा बस्ने गरी छलफल हुँदा आफुहरु घरको क्वारेनटाइनमा आएको नेताहरुले जनाएका छन् ।
सोमबार दिउँसो मायादेवी अनलाइनले वडाध्यक्ष पवनकुमार चौधरीको भनाई उदृत गर्दै समाचार प्रकाशित गरेको थियो । वडाध्यक्ष चौधरीले आफु लगायतको टिमले दिनभर लगाएर क्वारेनटाइन बनाएपनि ठूला नेताहरु नै घर गएपछि कसैलाई क्वारेनटाइनमा राख्न नसकेको मायादेवीसंग गुनासो गर्नुभएको थियो ।
समाचार प्रकाशन भएपछि बुड्ढीका स्थानीय नेताले आफुहरु होम क्वारेनटाइनमा बस्नका लागि सबैको सहमतीमा हिडेको बताउँनुभयो । नेकपाका नेता देवी बेल्वासेले नेताहरु कोरोनासंग जोगिन चाहेको बेला भाग्ने भन्ने कुरा नभएको भन्दै होम क्वारेनटाइनमा बस्न गएको बताउनुभयो ।
कोरोनालाई सबै मिलेर परास्त गर्नुपर्ने भन्दै बेल्वासेले बुड्ढीका स्थानीय १५ दिन होम क्वारेनटाइनमा बस्न आग्रह गर्नुभएको छ । उहाँले प्रमुख जिल्ला अधिकारीकै सहमतीमा होम क्वारेनटाइनमा बस्ने गरी व्यवस्था मिलाएको बताउँनुभयो ।
प्रतिक्रिया