९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

नेविसंघ र तरुण दलको राजेश आस्था फाउण्डेसनलाई खाद्यान्न सहयोग



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको वाणगंगामा रहेको राजेश आस्था फाउण्डेसनलाई तरुण दल र नेविसंघ कपिलवस्तुले खाद्यान्न दिएको छ ।

वाणगंगा १ बैरियामा रहेर लागुपदार्थ दुव्र्यसनमा फसेका युवाहरुको उपचार गर्दै आएको राजेश आस्था फाउन्डेसनलाई सोमबार तरुण दल र नेविसंघ कपिलवस्तुले खाद्यान्न दिएको हो ।

लकडाउनले समस्या पारिरहेको अवस्थामा फाउन्डेसनमा खाद्यान्न अभाव देखेपछि आफुसक्दो सहयोग गरेको तरुण दलका नेता तिलक थापाले जानकारी दिनुभयो ।

रातह सामग्रीका रुपमा आवश्यक खाद्यान्न दाल, चामल, नुन, तेल, चाउचाउ, बिस्कुट लगायतका सामग्री हस्तान्तरण गरेको नेता थापाले बताउनुभयो ।

फाउण्डेशनमा रहेका व्यक्तिहरुलाई कतैबाट राहत पाउन नसक्दा पाल्न समस्या भैरहेको बेला नेविसंघ र तरण दलले सहयोग गरेर आहतमा राहत मिलेको संचालक नवीन रानाले बताउनु भयो ।

लकडाउनले गर्दा समस्या देखिएको थाहा पाएपछि आफुहरुले सहयोग जुटाई उनीहरुलाई खाद्यान्न दिएको नेविसंघका क्षेत्रिय सभापति चन्द्रकान्त पोख्रेलले जानकारी दिनुभयो । फाउण्डेशनमा कार्यरत युवाहरुको मनोबल उच्च राख्न आफुहरुले सहयोग गरेको उहाँले बताउनुभयो ।

यता तरुण दलका जिल्ला सभापति शक्ति सिंह ठकुरीले कुनै कारणले दुव्र्यसनीमा फस्नु अपराध नभएको र सुध्रिन्छु भनेर उपचारमा बसेपछि उनीहरुलाई समाजले राम्रो दृष्टिकोणले हेर्नुपर्ने बताउनुभयो । समाजमा सकारात्मक सन्देश फैलाउन पनि आफुहरुले सहयोग गरेको उहाँले बताउनुभयो ।

कार्यक्रममा सहयोग पाईसकेपछि संस्थाका प्रमुख किरन सिंह ठकुरीले यस्तो दुःखको बेला संस्थालाई सहयोग गरेर मनोबल उच्च बनाएको भन्दै नेविसंघ र तरुणदललाई धन्यवाद ब्यक्त गर्नुभएको थियो । उक्त अवसरमा तरुण दलका सुशील सिंह ठकुरी, दिपक घिमिरे लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १२ जेष्ठ २०७७ सोमबार ००:००  ५ : ०५ बजे