गुल्मी ।
लकडाउन भएपछि नागरिकहरु बेरोजगार भएका छन् । यसै कुरालाई मध्यनजर गर्दै गुल्मीका केहि स्थानीय तहले राहतस्वरुप रोजगारी दिएका छन् ।
धुर्कोट गाउँपालिकाले वडा नम्बर ७बाट मात्रै १ सय ८० जना कामदार छनोट गरेको छ । उनीहरुलाई दैनिक पाँच सयका दरले पारिश्रमिक दिने गरेको वडाध्यक्ष हिम प्रसाद पन्थीले जानकारी दिनुभयो ।
मालिका गाउँपालिकाले दुई हजार ७ सय ८० जनालाई रोजगारी दिएको छ । उनीहरुलाई १०÷१० जनाको समुह बनाएर तीन दिनको लागि पोखरी, खानेपानी, पधेँरो, सडक लगायतका क्षेत्रमा काम दिइएको छ ।
यसरी काम गरेबापत प्रति श्रमिक ३० किलो चामल, तीन किलो दाल, एक किलो नुन र एक लिटर तेल प्रदान गरिनेगाउँपालिकाका प्रवक्ता शोभाखर गिरी बताउँनुहुन्छ । मुसिकोट नगरपालिकाले लकडाउनलाई मध्यनजर गर्दै ९० जना कामदार नियुक्त गरेको छ ।
मासिक १३ हजार पाँच सय रुपैंया ज्याला पाउने उनीहरुले कार्तिकसम्म काम गर्नेछन् । रुरुक्षेत्र गाउँपालिकाले पाँच सय भन्दा बढीलाई रोजगारी दिने तयारी गरिरहेको अध्यक्ष निलकण्ठ गौतमले बताउनुभयो ।
प्रतिक्रिया