९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

भारतबाट आएका थिए शिवराजमा थपिएका तीनै जना संक्रमित



मायादेवी अनलाइन, चारनम्बर ।
सोमबार कोरोना भाइरसको संक्रमण पुष्टि भएका तीनै जना संक्रमित भारतबाट आएको खुलेको छ । कपिलवस्तुको शिवराज नगरपालिकामा सोमबार थप तीन जनामा कोरोना पुष्टि भएको थियो ।

कोरोना पुष्टि भएका सबै बैशाख अन्तिम हप्ता भारतबाट आएको खुलेको नगरपालिकाले जनाएको छ । नगरको वडा नं. ५, ६ र ७ का यी संक्रमित नेपाल आएलगत्तै क्वारेनटाइनमा आएको नगर प्रमुख नेत्रराज अधिकारीले जानकारी दिनुभयो ।

यसभन्दा अगाडी भेटिएका तीन जना संक्रमितलाई थप उपचारका लागि दाङको बेलझुण्डी बढाइएको भएपनि आज भेटिएकालाई नगरभित्रै स्थापना गरिएको क्वारेनटाइनमा राख्ने तयारी भैरहको नगर प्रमुख अधिकारीले बताउनुभयो ।

पहिलेको सरकारी छालाफैक्ट्री रहेको स्थानमा सञ्चालन भएको रिसोर्टमा ४८ बेडको आइसोलेशन सेन्टर बनाइएको उहाँले बताउनुभयो ।

यसभन्दा अगाडी जेष्ठ ३ गते शनिबार तीन जना मध्ये दुई जना वडा नं. ८ विशुनपुरका थिए भने अर्का संक्रमित वडा नं. ११ थुँनियाका रहेका थिए ।

अहिलेसम्म नगरका झण्डै अढाई सय जनाको पिसीआर परिक्षण गरिएको छ । जसमध्ये केहिको रिपोर्ट अझै आउँन बाँकी रहेको छ । नगरभित्र अहिले ६ सय जना क्वारेनटाइनमा रहेका छन ।

प्रकाशित मिति : १२ जेष्ठ २०७७ सोमबार ००:००  ३ : २६ बजे