९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

रेहरा स्वास्थ्य चौकीमा बन्यो ५० बेडको आइसोलेशन सेन्टर



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुमा कोरोना संक्रमितको संख्या लगातार बढे पछि कपिलवस्तु नगरपालिका– ११ रेहरा स्थित स्वास्थ्य चौकीमा ५० बेडको आइसोलेशन सेन्टर संचालन गरिएको छ ।

कपिलवस्तु नगरपालिका र यशोधरा गाउँपालिकाको संयुक्त लगानीमा ब्यवस्थित आइसोलेशन सेन्टर संचालन गरिएको हो ।

शनिवार साँझ कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंह र यशोधरा गाउँपालिकाका प्रमुख गिरीजेश कुमार पाण्डेले संयुक्तरुपमा सेन्टरको उद्घाटन गरे । सेन्टरमा १६ कोठा र एउटा हल छ ।

सो अवसरमा मेयर सिंहले कोरोना संक्रमितको संख्या बढे पछि उनीहरुको निगरानी र उपचारका लगि सेन्टर निर्माण गरिएको बताए । ‘आइसोलेशन बेडको अभावमा संक्रमितहरुलाई बुटवल,, भैरहवा पठाउँदा त्यहा बेड खाली नहुँदा समस्या परेको थियोे उनले भने, ‘अब भने संक्रमितलाई राख्न सहज भएको छ ।’

यस अघि बेड अभावले नगरपालिकामा भेटिएका नौ जना संक्रमित बुटवलस्थित कोरोना अस्पताल पठाइएको थियो । यस्तै यशोधरा गाउँपालिका प्रमुख पाण्डेयले आफ्नो पालिकामा उपयुक्त स्थान नभएकाले कपिलवस्तु नगरपालिकासंग सहकार्य गरिएको बताए ।

उनले आवश्यक्ता अनुसार बेडको संख्या थपिदै जाने बताए । यशोधरामा पनि १२ जना भेटिएका संक्रमित बुटवल पठाइएको थियो । उद्घाटन कार्यक्रममा वडाध्यक्ष रामगोपाल यादव, वडा नम्बर ३ का अध्यक्ष प्रकाश गेरै, वडा नम्बर ८ का अध्यक्ष शिवकुमार पाडे, समाजसेबी लराम जमसेद खाँ, बलराम तिवारी लागायतको सहभागीता थियो । जिल्लामा ८० जना संक्रमित भेटिएका छन ।

प्रकाशित मिति : १२ जेष्ठ २०७७ सोमबार ००:००  १० : १९ बजे