कपिलवस्तु ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको किसान संगठन अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) कपिलवस्तुले कपिलवस्तु नगरपालिका वडा नं. ११ रेहरामा ३० बिघा जग्गा कब्जा भएको बताएको छ ।
संगठनका कपिलवस्तु अध्यक्ष गल्फासले आइतबार साँझ एक प्रेस विज्ञप्ती जारी गर्दै उक्त जग्गा बर्षौदेखि जमिन्दारी गर्दै आएका र हाल गयल जमिन्दारहरु रहेबा गृजेश सिंह, चन्द्रभान सिंह र अनिल सिंहले जोतभोग गर्दै आएको कब्जा गरेको बताएको छ ।
विज्ञप्तीमा वि.सं. २०४७ सालमा त्यहाँका किसानहरु इस्लाम शेख, मोहम्मद अलि शेख, मुहमद मुस्तफा, मनसा जोलहा लगायतले ती जमिन्दारदारबाट जग्गा किनेका तर अहिलेसम्म जग्गा पास नगरिदिएकोले किसानहरु अत्यन्तै अन्यायमा परेका र पटक पटक संगठनले पहल गरेर जग्गा पास गराइदिने प्रयास गरेपनि कुनै सुनुवाई नभएको र ती जमिन्दारले किसानलाई ठगी गर्दै आएकोले जोताहा र पीडित किसानको हकहित रक्षार्थ कब्जा गरेको बताएको छ ।
विज्ञप्तीमा उक्त जग्गा कसैले कुनै पनि कामकारवाही नगर्न नगराउन र अटेरी गरे कारवाही गर्ने बताएको छ ।
प्रतिक्रिया