९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

न्यूजिल्याण्डकी प्रधानमन्त्रीले सारै सभ्य भुकम्प गयो भनेपछि




एजेन्सी ।
न्यूजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डनले टेलिभिजनमा अन्र्तवार्ता दिँदादिँदै भुकम्प गएको छ । स्थानीय समय अनुसार सोमबार बिहान ८ बजे (नेपाली समय अनुसार सोमबार बिहान पौने दुई बजे) ज्यासिन्डा प्रत्यक्ष टेलिभिजन अन्तर्वार्तामा रहेका बेला ५.६ म्याग्निच्युडको भूकम्प गएको थियो । न्यूजिल्याण्डको उत्तर आइल्याण्डमा भूकम्प गएको हो ।तर पनि ज्यासिन्डा भने शान्त रहिरहिन् ।

उनी अत्तालिइनन् । वेलिङ्गटनबाट ९० किलोमिटर उत्तरमा रहेको लेविन नजिकै केन्द्रविन्दू भएर भूकम्प गएको युएस जिओलोजिकल सर्वेले जनाएको छ । भूकम्पको ठूलै धक्का वेलिङ्गटनमा पनि महसुस भएको थियो ।ज्यासिन्डाले अन्तर्वार्ता दिँदै गर्दा त्यहाँ पनि धक्काले महसुस भयो, तर उनी शान्त रहिन् ।

उनले अन्तर्वार्ता दिइरहेको भवन भूकम्प प्रतिरोधी हो ।अन्तर्वार्ता लिँदै गरेका टेलिभिजन प्रस्तोता रायन ब्रिजलाई प्रधानमन्त्री ज्यासिन्डाले भनिन्, ‘भर्खरै भूकम्प गयो रायन ।’ उनले त्यसो भन्दै गर्दा वरपर हेरेकी थिइन् । उनले मुस्कुराउँदै भनिन्, ‘सारै सभ्य धक्का महसुस भयो, सामानहरु केही हल्लिरहेका छन् ।’

प्रकाशित मिति : १२ जेष्ठ २०७७ सोमबार ००:००  ८ : १८ बजे