नवलपुर ।
आइतबार साँझ आएको हावाहुरीसहितको बर्षाले पूर्वी नवलपरासीको गैडाकोटमा वितण्डा मच्चाएको छ । तीव्र वेगमा आएको हुरीबतासले गैंडाकोटमा कुखुराको खोर भत्किदा दुई जनाको ज्यान नै लिएको छ ।
आइतबार साँझ आएको हावाहुरी सहितको वर्षाका कारण खोर भत्किदा गैंडाकोट नगरपालिका वडा नंं. ८ का ३५ वर्षीया काशिराम पौडेल र ४० वर्षीया सुर्यबहादुर भण्डारीको ज्यान गएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।
साँझ हावाहुरी आएको वखत कुखुरा फर्ममा कुखुरालाई दानापानी दिने क्रममा रहेका पोल्ट्री फर्मका सञ्चालकद्धय पौडेल र भण्डारीको ज्यान गएको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख एवं प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार अत्यधिक ठूलो हावाहुरी चल्दा बासँबाट बनेको कच्चि खोर भत्किएर उनीहरुको मृत्यु भएको हो । घटनाबारे बिस्तृत जानकारी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया